कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा एक जना घाइते

कञ्चनपुर, २७ असार– कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका झलारीमा कार र मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

सोमबार शुक्लाफाँटा नगरपालिका १० बस्ने दमनसिंह बडालले चलाएको लु८०प ५१७१ नम्बरको मोटरसाइकल र भिमदत्त नगरपालिका १५ बस्ने प्रेम भण्डारीले चलाएको सुपप्र ०१ ००१ प ३०८६ नम्बरको कार झलारी बजारमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बडाल घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारका लागि धनगढी पठाइएको र कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको झलारी प्रहरीले बताएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.