कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जोशी

कञ्चनपुर, २६ असार– कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्षमा पिताम्बर जोशी विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई ५१६ मतान्तरले पारजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन । विजयी जोशीले १ हजार २९९ र पराजित जोशीले ७८३ मत प्राप्त गरेको छन् ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा ७५८ मत प्राप्त गरेर धर्मसिंह रावल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरे । महासचिवमा खगेश्वरप्रसाद बोहरा एक हजार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्मला भट्ट सापकोटाले ८०० मत प्राप्त गरिन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.