अत्तरिया, २६ असार– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अनुगमत तथा निरिक्षण गरेका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर १ को उल्टाहान टोलमा टटबन्दनको अनुगमन तथा निरिक्षण गरेका हुन् ।
त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर ६ को वालुवाफाटाका ५० घरमा पानी निकाशाको समस्या आयको सुचना पाउना साथ नगर प्रमुखको टोली अनुगमन गर्न पुग्नुका साथै यहाँ भएको समस्या आफ्नो पनि भएको बताउँदै यहाँको घरधुरिको समस्यालाई १/२ दिन भित्रै पहल गरि होम पाइपको व्यवस्था गर्ने नगर प्रमुख ओझाले बताए ।
नगर प्रमुख ओझाले भने गाउँ घरको समस्या भन्नु नै आफ्नो समस्या भएकोले यस्तो किसिमको समस्या समाधान गर्नमा केही पनि कमि नराख्ने समेत प्रतिवद्धता जनाएका छन् ।
