खेत जोत्दाजोत्दै बझाङका वडासदस्यको मृत्यु

Dadeldhura hospital

बझाङ– बझाङमा खेत जोत्दाजोत्दै एक वडा सदस्यको निधन भएको छ। जिल्लाको मष्टा गाउँपालिका-७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको आज निधन भएको हो।

बोहरा बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको हो। मृतक बोहरा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।

Navadurga sun
Godawari sandesh
Loading...