कञ्चनपुरमा विद्यालयको छतमा सुतेका एक जना युवक मृत फेला

कञ्चनपुर, २२ असार– कञ्चनपुरको एक विद्यालयमा युवकको शव फेला परेको छ । बुधबार कञ्चनपुरको भीमदत्त नगरपालिका ६ एैठपुरमा रहेको गोल्डेन बिज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन् । उनी सहित अर्का एक युवकलाई छटमा बेहोस अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

Dadeldhura hospital

प्रहरी घटनास्थल पुग्दासम्म अर्का युवक बेहोस अवस्थामा भेटिएका थिए भने प्रेमसिंह मृत अवस्थामा फेला परेका थिए । प्रहरीले धामीको शव पोष्टमार्टका लागि महाकाली अस्पतालमा पठाएको थियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ ।

Navadurga sun
Godawari sandesh

मंगलबार बेलुकी दुवैले बियर र लागूऔषध सेवन गरेर छतमा गएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताए ।

धामीको शव पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइएको उनले बताए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे थप खुल्ने प्रहरीले बताएको छ । प्रहरी नायब निरीक्षक बमले धामीसँगै रहेका अर्का युवकलाई सोधपुछ गरिएको बताएका छन् ।

Loading...