कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ३८ सवारी साधन कारबाहीबाट २३ हजार ५ सय राजश्व संकलन

धनगढी, १६ बैशाख- कैलालीमा निषेधाज्ञाको पहिलो दिन ३८ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन अत्याबस्यक बस्तुहरुको सेवा सञ्चालन गर्न दिएको छ ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

यस्का साथै धनगढीमा प्रहरीले निगरानी तथा कारवाही कडा पारेको छ । निषेधाज्ञाको पहिलो दिन बुधबार कैलालीमा ७ सय ५० वटा सवारीसाधनलाई प्रहरीले होल्ड गरेको र ३८ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

सबै सवारी साधनलाई होल्ड गरि सम्झाई बुझाई छोडिएको र ३८ वटा सवारी साधनलाई कार्वाहि गरि २३ हजार ५ सय राजश्व संकलन भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलालीको अत्तरिया लगायत धनगढी आसपासका क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

Loading...