भिरबाट लडेर टिंकर सडकका कामदारको मृत्यु

Dadeldhura hospital

दार्चुला, १३ असार– नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला-टिंकर सडक निर्माणमा संलग्न कामदारको भिरबाट लडेर मृत्यु भएको छ ।

व्यास गाउँपालिका वडा नं. २ मालगाउस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भिरबाट लडेर नौगाड गाउँपालिका वडा नं. ४ सिप्टीका अन्दाजी ४५ वर्षीय जयबहादुर धामीको मृत्यु भएको साइट हेर्ने वीरेन्द्रसिंह धामीले जानकारी दिए । धामी सोमबार बिहान १० बजेतिर भिरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...