नेपाल-भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि मूल नहरमा पानी

कञ्चनपुर, १२ असार– नेपाल-भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो ।

भारतले नेपालको भूमिसम्म १ हजार २०० मिटर मूल नहर र हेडरेगुलेटर लगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनु पर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर धान दिवस मनाउने तयारी गरिरहेको छ ।

महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झन् बढेको छ ।

Loading...