भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

अत्तरिया, ९ असार- कञ्चनपुरमा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एका जना घाइते भएका छन् ।

Dadeldhura hospital

मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बुधबार राति साढे ८ बजेको समयमा बेलौरी नगरपालिका वडा नं. ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रहरीले जनाएको छ ।

Loading...