प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन अत्तरियामा यस्ताे देखियाे

अत्तरिया, १६ बैशाख- कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रशासनले आज विहान ६ बजे देखि एक हप्ताका सम्मका लागि निषेधाज्ञा लागू गरेको हो। निषेधाज्ञाको पहिलो दिन अत्तरिया बजारमा अन्य दिनको तुलनामा चहलपहल कम भएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु खुलेको भएपनि बजारमा रहेका अन्य पसलहरु भने बन्द रहेका छन् ।

Dadeldhura hospital

त्यसैगरी बिहान निकै चहलपहल हुने अत्तरिया बसपार्क आज भने सुनसान रहेको छ । ठाउँठाउँमा प्रहरीले बजार क्षेत्रमा आवतजावत गर्नेहरुलाई रोक लगाउदै कडाई गरेको छ ।

निषेधाज्ञाको आज पहिलो दिन भएकाले केही मात्रामा भए पनि मानिसहरुको आवतजावत भैरहेको देख्न सकिन्छ । अत्तरियामा सार्वजनिक र निजी यातायात पूणर् रुपमा बन्द गरिएको छ भने एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी भने चलिरहेका छन् ।
यसअघी प्रशासनले खाद्यान्नका पसलहरु भने बिहान ५ बजे देखि १० बजे सम्म खुल्ला गर्न दिने बताइएको छ ।

Loading...