कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किदा १ को मृत्यु २ जना घाइते

कञ्चनपुर, ५ असार– कञ्चनपुरमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका वडा नं. २ वाणीका ४२ वर्षीय केशवराज पन्त रहेका प्रहरीले बताएको छ ।
शुक्लाफाँटा नगरपालिका नगरपालिका वडा नं. ११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुर तर्फ गइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका वडा नं. ४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका वडा नं.९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पन्तको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.