कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, २८ जेठ– कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिवार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. २ भाँसीस्थीत पूर्वपश्चिम राजमार्गमा से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका वडा नं.१ का ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो ।

Dadeldhura hospital

दुर्घटनापछि ट्र्याक्टर चालक बेदकोट नगरपालिका वडा नं. १० का राकेश रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका धामीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिए । उनका अनुसार ट्र्याक्टर चालक २५ वर्षीय रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Loading...