

कञ्चनपुर, २६ जेठ– कञ्चनपुरको महेन्द्रनगरमा जेष्ठ नागरिक सम्बन्धी प्रदेश स्तरिय कार्यशाला गोष्ठी शुरु भएको छ । बिहीबारदेखि भीमदत्त नगरपालिका वडा नं. ५ महेन्द्रनगर बनखेत महिला तथा बृद्ध सेवा केन्द्रमा जेष्ठ नागरिक सम्बन्धी प्रदेश स्तरिय कार्यशाला गोष्ठी शुरु भएको हो ।



राष्ट्रिय जेष्ठ नागरिक महासंघको आयोजना, राष्ट्रिय जेष्ठ नागरिक प्रदेश संघ सुदूरपश्चिम प्रदेशको सह-आयोजना एव महिला तथा बृद्ध सेवा केन्दको व्यवस्थापनमा प्रदेश स्तरिय कार्यशाला गोष्ठी शुरु भएको छ ।


कार्यशालाको एक कार्यक्रमका विच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले उद्घाटन गर्दै जेष्ठ नागरिकको सुरक्षामा प्रशासनका तर्फबाट सहयोग गर्ने बताए । अधिकारकर्मी एव महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम) का अध्यक्ष शारदा चन्दले जेष्ठ नागरिकको हक अधिकार एव सुरक्षा सम्बन्धी नीति तथा कार्यक्रम तय गर्ने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको बताईन ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष छत्र बहादुर प्रधानको अध्यक्षतामा शुरु भएको कार्यक्रममा शुक्रबारसम्म संचालन हुनेछ । कार्यक्रममा प्रदेशका जेष्ठ नागरिक सहितको सहभागिता रहेको थियो ।

