कञ्चनपुरकाे भीमदत्त १८ मा आगामी बजेट बारे छलफल

कञ्चनपुर, २६ जेठ– कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बर वडाले आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन गरेको छ । बिहीबार भीनपा १८ ले वडा कार्यालयमै आर्थिक बर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन गरेको हो ।

Dadeldhura hospital

अन्तरकृया कार्यक्रममा विभिन्न टोल समितिका पदाधिकारीले दिगो विकास र आगामी बर्ष बजेट कटौती बारे चिन्ता व्यक्त गरेका छन । वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले ६३ टोलबाटै सुझाव संकलन गरेर आगामी बर्षको बजेट तथा कार्यक्रम तय गरिने बताए ।

Navadurga sun
Godawari sandesh

वडा सचिव दिनेश राज भट्टले संचालन गरेको कार्यक्रममा टोलका पदाधिकारी, वर्तमान, निर्वतमान जनप्रतिनिधी सहित वडा स्तरका राजनीति दल लगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

Loading...