कञ्चनपुरको बेलौरीमा भारतीय एसएसबीद्धारा नेपालीलाई जमिन जोत्न दिने सहमति

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।

Dadeldhura hospital

दुवै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए । “सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ,” उनले भने, “अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन् ।”

Navadurga sun
Godawari sandesh

छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो ।

बुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो । भारतीय एसएसबीले उक्त जमिन भारतमा पर्ने भएकाले यहाँ जोत्न पाईदैन भन्दै बषौँदेखि खेतीपाती गर्दै आएको जमिन जोत्नबाट नेपाली नागरिकलाई रोकेका थिए ।

Loading...