विद्यार्थी संघ कञ्चनपुरका युवा नेता नेपाली बेदकोट नगर कार्यपालिका सदस्यमा निर्वाचित

कञ्चनपुर– नेपाल विद्यार्थी संघ कञ्चनपुरका युवा नेता पवन नेपाली कञ्चनपुरको बेदकोट नगरपालिका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।

बेदकोट नगरपालिका कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेवि संघ नेता नेपाली कार्यपालिका सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन । बेदकोट काँग्रेस सचिव समेत रहेका नेपालीलाई पार्टीले कार्यपालिका सदस्यका लागि अघि सारेको थियो।

नेपालीसंगै महिलाबाट हिरा अवस्थी, जयन्ती पन्त, तारा डगौरा, रामरती राना, पार्वती विष्ट र दलितबाट कृष्णमान भुल र प्रकास दमाई निर्वाचित भएका छन । निर्वाचित कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत जयन्ती अवस्थीले प्रमाण पत्र वितरण गरेका छन ।

नगर प्रमुख भोजराज बोहराले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । बाल अधिकार, दलित समुदायको अधिकारदेखि विद्यार्थीको हकहितका लागि सानै उमेरदेखि सकृय रहेका नेपालीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै जनताको काममा खटिने बताए ।

Loading...