दार्चुलाका एक वडा सदस्यको मृत्यु

Bhancha ghar0

दार्चुला, १८ जेठ– दार्चुलाका एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नं. ७ का वडा सदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए ।

Leave A Reply

Your email address will not be published.