सरस्वती पुजाको अवसर पारी एम प्रिस्टन एकेडेमीमा ३७ जना विद्यार्थी भर्ना भए





अत्तरिया- विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज (मंगलबार) देशभर विभिन्न स्कुल, कलेज लगायत सरस्वती मन्दिरहरुमा श्रीपञ्चमी अर्थात सरस्वती पूजा मनाएका छन् ।


यसै अवसरमा एम प्रिस्टन एकेडेमीले गरेको अक्षराम्भ कार्यक्रममा ३७ जना विद्यार्थीहरुले अक्षराम्भ गरी भर्ना भएका छन्। अक्षराम्भ कार्यक्रममा गोदावरी नगरपालिकाका १०, ११ र १२ वडाका ८ सय भन्दा बढिको उपस्थिति रहेको प्रिन्सिपल पुस्कर भट्टले बताए ।



