कैलाली कन्चनपुरमा राती ८ बजे देखी बिहान ५ बजे सम्म हिंडडुलमा रोक (निर्णय सहित)


धनगढी, १३ बैशाख- जिल्ला संकट ब्यस्थापन समितीले कैलाली कन्चनपुरमा राती ८ बजे देखी बिहान ५ बजे सम्म हिंडडुलमा रोक लगाउने निणर्य गरेको छ । आज जिल्ला प्रसाशन कार्यालय कैलालीमा बसेको बैठकले कोरोना रोकथामको लागी बिभिन्न २४ वटा निणर्य गरेको छ ।



बैठकले भारतबाट फर्किनेहरुलाई गौरीफँटा सिमा र गड्डा चौकी सिमामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरुमा पठाउने, बिगतमा सन्चालित आईसोलेशन, क्वारेनटाइनलाई फेरी सकृय बनाउने, छोटो दुरीका सवारी साधनहरुलाई कैलाली कन्चनपुरमा जोर बिजोर प्रणालीमा सन्चालन गर्ने, होटेल रेष्टुरेन्टहरु बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सन्चालन गर्ने दिने लगायतका २४ वटा निणर्य गरेको छ ।






