कोरोना अपडेट : आज थप १२ जना कोरोना संक्रमितको मृत्यु



अत्तरिया, १३ बैशाख- पछिल्लो समय नेपालमा कोरोनावाट ज्यान गुमाउनको संख्या ह्वात्तै बढेको छ । देशभर आज मात्रै १२ जना संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न ठाउँमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज कञ्चनपुरमा मात्रै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कैलालीमा एक जनाको मृत्यु भएको छ । यो संगै देशभर कोरोनावाट ज्यान गुमाउनको संख्या ३ हजार १ सय ७६ जना पुगेका छन् ।



