कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ

कन्चनपुर, १५ जेठ– कञ्चनपुरमा प्रहरीले लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार साँझ जिल्लाको बेलौरी नगरपालिका वडा नं. ७ पौलाहा मसानघाटबाट १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हिरोइन सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Bhancha ghar0

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नं. १३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् ।

से ५ प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धानको भइरहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.