बलात्कार आरोपमा कैलालीबाट एकजना पक्राउ



लम्कीचुहा, १२ बैशाख- कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. १ झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो ।
चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।



