सुपमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी, १२ बैशाख- सुदुरपश्चिममा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ९० स्वाब नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १४ र गोदावरी नगरपालिकाका १ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत अस्पतालले जनाएको छ ।



