दार्चुला– महाकालीमा नेपाल-भारत जोड्ने दुई झोलुङ्गे पुल संचालनमा आएका छन् । ब्यास गाउपालिका वडा नं.६ बडूगाउ र मालिकार्जुन गाउपालिका वडा नं. ६ बाकुमा निर्माण सम्पन्न भएका दुईवटा पुलको उद्घाटन गरिएको हो ।

तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएसंगै स्थानीयको वारिपारिको यात्रा सहज हुने भएको छ ।
नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निणर्य भइसकेको हुनाले त्यसै कार्यक्रम अनुसार पुलहरु संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।