कञ्चनपुर, ११ जेठ– कञ्चनपुरमा खैरो हिरोइन सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले जिल्ला कञ्चनपुर बेलौरी ८ कालोपुल स्थित साईकलमा सवार बिभिन्न ब्यक्तीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बुधबार जिल्लाको बेलौरी ८ कलकत्ताका २३ वर्षीय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँट नगरपालिका २ झलारीका २५ वर्षीय सञ्जु सार्की र शुक्लाफाँट ३ का प्रवेश धामीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । दिनेश साइकलमा सवार रहेका र उनको साइकलको सिट कभरमुनि लुकाई राखेको अवस्थामा १०.७२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै प्रवेशले चलाएको सुपप्र ०२-००३ प ३९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।