बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ

बाजुरा- जिल्लाको त्रिबेणी नगरपालिका वडा नं. ४ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा त्रिबेणी नगरपालिकाका मानसिहं थापा र तुला सार्की रहेका छन्। उनीहरुले चितुवा मारेर हड्डी दाँत र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा विशेष सुराकीको आधारमा आज दिउसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताए। सोही नगरपालिकाबाट एक बर्ष पहिले पनि चितुवाको दाँत, हढ्डी र अन्य मृतका हड्डीसहित दुई व्यक्ति पक्राउ परेका थिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...