कृष्णपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ, धनगढी जानु नपर्ने गरी स्वास्थ्य सेवा दिने नगर प्रमुख ओझाको भनाई

अत्तरिया, ११ जेठ- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख हेम राज ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नगरप्रमुख ओझाले उपप्रमुख राना, ९ वटै वडाका वडाअध्यक्ष सहित वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सोही कार्यक्रमा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको थियो ।

उक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेम राज ओझाले कृष्णपुरमा नै सबै किसिमको स्वास्थ्य सेवा पाउने गरी काम गरिने बताएका छन । नगर प्रमुख ओझाले धनगढी जानु नपर्ने गरी स्वास्थ्य सेवाको बिस्तार गरिने समेत बताएका छन् ।

Bhancha ghar0

यस क्षेत्रको स्वास्थ्य समस्या सामाधानका लागि पनि मैले बिशेष प्राथमिकता दिने छु । अहिले सानो समस्या हुँदा पनि धनगढी जानुपर्ने बाद्यता रहेको छ । धनगढी टाढा छ एकैदिनमा काम नहुने उनले बताए । उनले भने हामीले यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने छौ । धनगढी जानु नपर्ने गरी सेवा विस्तार गर्ने बताए ।

नगर प्रमुख ओझाले कृष्णपुरमा नै ल्याब सेवा, एक्सरे सेवा, बिशेसज्ञ चिकित्सक सेवा र २४ घण्टा ईमेर्जेन्सि सेवा दिइने बताए ।
उनले चुनाव लड्ने बेलामा बिभिन्न दलहरुले छुट्टाछुट्टै घोषणा पत्र बनाएका भएपनि अब ति सबैका साझा घोषणा पत्र भएको बताए ।

 

उनले कृष्णपुरको विकासका लागि अवसर र चुनौती दुबै भएको बताउँदै नगरपालिका व्यापारिक हब अत्तरिया र धनगढी संग जोडिएकाले यसको विकासका लागि ठूलो अवसर भएको बताए ।

नगर प्रमुख ओझाले भने हामीले यो ५ बर्षमा कृष्णपुर नगरपालिकाको नाम देशभरी फैलिने गरी काम गर्नेछौ र सार्वजनिक शिक्षाको सुधारका लागि हामी काम गर्ने बताएका छन् ।

उनले अहिले कृष्णपुर क्षेत्रका युवाहरु लागुऔषधमा धकेलिदै गएकाले यसको लागि पनि नगरपालिकाले बिशेष पहल गर्ने बताए । उनले कृषिको सुधार गर्दै वास्तविक किसानलाई मात्रै अनुदान दिईने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख द्रोपती रानाले आफूलाई निर्वाचित गराएकोमा धन्यावाद ज्ञापन गरिन् । उनले कृष्णपुरलाई नमुना नगर बनाउन आफूले काम गर्ने बताईन् । कृष्णपुर क्षेत्रका जनताका समस्या सामाधानका लागि आफूले काम गर्ने बताईन् ।

त्यस्तै कृष्णपुरको वडा नम्बर १ मा कांग्रेसका मोहन बहादुर बस्नेत, वडा नम्बर २ मा माओवादी केन्द्रका अर्जुन सिह साउँद, वडा नम्बर ३ मा माओवादीकै खेमराज चौधरी, वडा नम्बर ४ मा माओवादीकै धर्म बहादुर सिंह, वडा नम्बर ५ मा कांग्रेसका टेक पाण्डेय, वडा नम्बर ६ मा माओवादीका बाबु राम चौधरी, वडा नम्बर ७ मा एमालेका घुम्मन राना, वडा नम्बर ८ मा कांग्रेसका दिनेश खड्का र वडा नम्बर ९ मा कांग्रेसका कैलाश बहादुर बलायर वडा अध्यक्षमा निर्वाचित भएका छन ।

Leave A Reply

Your email address will not be published.