सुप विश्वविद्यालयमा परीक्षा रोक्न माग गर्दै तालाबन्दी

Dadeldhura hospital

कञ्चनपुर, ११ बैशाख- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बैशाख १६ बाट सञ्चालन हुने परीक्षा रोक्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन । कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीसित पटक-पटक गरिएका छलफल सार्थक नभएपछि आन्दोलनमा उत्रिएको बिधार्थी नेताहरुले बताएका छन् । ६ वटा विद्यार्थी संगठनले शनिबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयले तत्काललाई कोरोना महामारीमा परीक्षा सञ्चालन कार्य रोक्न माग गरेका छन ।

Loading...