
कञ्चनपुर, ८ जेठ- कञ्चनपुरको पुनर्वास ८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवारको बिजयी भएको छ । नगरपालिका ८ मा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन्।
वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन् । त्यस्तै महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन् । उनीहरु गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए ।