कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

Bhancha ghar0

कञ्चनपुर, ७ जेठ– कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । से १ च ४४८ नम्बरको जीपले म २ प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ बेदकोट नगरपालिका वडा नं. ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम मृत्यु भएको हो ।

महेन्द्रनगरबाट धनगढी तर्फ गइरहेको जीपले अर्जुनी व्यारेक नजिक मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.