कञ्चनपुर, ७ जेठ– कञ्चनपुरमा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जिल्लाको कृष्णपुरवडा नं.४ साहारानगरकी एक महिलालाई बोक्सीको आरोपमा उनकै देवर गणेश विकले कुटपटि गरेका हुन् ।

बाँसले टाउकोमा हिर्काएको र कुटपिट गरेको पीडित महिलाले बताएकी छिन् । माइती देउताको बोक्सी लगाएको भन्दै विगतदेखिनै आफूमाथि कुटपिट गरिएको उनले बताएकी छिन् ।
उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार ठाडो उजुरीका आधारमा गणेश विकलाई इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।