कोरोना अपडेट : संक्रमित २६१८ थपिए, थप १४ जनाको मृत्यु

काठमाडौं, ११ वैशाख- पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

Dadeldhura hospital

देशभरका प्रयोगशालामा ८ हजार ६ सय ६८ नमुनाको पीसीआर टेष्ट गर्दा २ हजार ४ सय ८६ जनामा र सीमा नाकाहरुमा १ हजार १ सय ४३ जनाको एन्टिजेन टेष्ट गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८ सय २८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

संक्रमितको संख्या कहाँ कति-कति थपिए ?
मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाँकेका ३ सय ५२, रुपन्देहीका २ सय ६८, दाङका १ सय ७२ र ललितपुरका १ सय ४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।

Loading...