चुनावका कारण अधिकांश विद्यालय बन्द, अब जेठ ३ गते मात्रै खुल्ने

देशभरका अधिकांश विद्यालय बन्द भएका भएका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि निर्वाचनको कारण देखाउँदै अधिकांश विद्यालयले ७ दिन पठनपाठन बन्द गराएका हुन्।

विद्यालय बन्द हुँदा पठनपाठन रोकिनुको साथै भर्ना अभियान समेत प्रभावित भएको छ। वैशाख ३० गते निर्वाचन, ३१ गते शनिबार र जेठ १ गते आइतबार पनि सार्वजनिक विदा परेको छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा दिइएको छ।

Navadurga sun

अधिकांश विद्यालयले आज (बुधबार)देखि जेठ २ गतेसम्म विद्यालय बन्द गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा दिन निर्देशन दिएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...