धनगढी, १० बैशाख- सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा १८३ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, टिकापुरका ४ जना, गोदावरीका ६ जना, घोडाघोडी नगरपमलिकाका ८ जना, जानकी गाँउपालिकाका ४ जना, जोशीपुर र चुरे गाँउपालिकाका १/१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो ।


त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका ५ जना, लालझाडी गाँउपालिकाका १ जना र बैतडीको नवदुर्गा गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।





