पत्रकारले कुटेपछि उजुरी लिएर प्रहरीकहाँ पुगे जोशी

कैलालीको धनगढीमा एक युवकले आफूमाथि पत्रकारको समूहले आक्रमण गरेको आरोप लगाएका छन्। पत्रकार योगेन्द्र भण्डारीको समूहले आफूमाथि निर्घात कुटपिट गरेको ‘पीडित’ आदित्य जोशीले आरोप लगाएका छन्।

आफूमाथि आक्रमण भएपछि जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन्। जोशी निवेदन लिएर आएको र घटना सम्बन्धी सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Navadurga sun

धनगढी उपमहानगरपालिका –५ बस्ने २४ वर्षीय पीडित जोशीले धनगढी–२ स्थित फारवेष्ट जिम सेन्टरको माथि लगेर आफूमाथि भण्डारीको समूहले हातपात गरेको बताएका छन्। उनले भण्डारीको नेतृत्वमा रहेको चार जनाको समूहले आफूमाथि फलामको रड र हतियार प्रहार गरेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...