निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको छ। चौधरी सवार सरकारी गाडी गएराति कांग्रेस सम्बद्ध युवाले धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

प्रदेश सांसद चौधरी सवार से १झ ३०७ नम्बरको गाडी शनिबार राति करिब ९ बजे नेपाली नियन्त्रणमा लिएका हुन्। गाडीमा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको बताएका छन्।

Navadurga sun

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी चुनावी प्रयोजनमा प्रयोग गरेको पाएपछि गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उनीहरूले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...