धनगढीको चटकपुरमा बिबी मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा

धनगढी, ८ बैशाख- धनगढीको चटकपुरमा एघार करोडको लगानीमा बिबी मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा आएको छ । एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बिबी मार्टको उद्धघाटन गरेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

हरि चटौत, दिपेन्द्र ऐर, लोकेन्द्र जोशी, केशव अवस्थी, प्रकाश खड्का, रामसिंह विष्ट र हिमालयसिंह ऐरको सयुक्त लगानीमा मार्ट सञ्चालन गरिएको हो । बिबी मार्ट गत वर्ष महेन्द्रनगरमा खुले संगै सोहि वर्ष कर्तिक १ गते देखी कञ्चनपुरको झलारी र कैलालीको अत्तरियामा पनि सञ्चालनमा आएको छ ।

Navadurga sun
Godawari sandesh

आज देखी धनगढीमा पनी चौथो शाखा सञ्चालन गरिएको सञ्चालकहरुले जानकारी दिएका छन् । सञ्चालकहरुका अनुसार मार्टमा किराना सामाग्री, कस्मेटिक, इलेक्ट्रोनिक, मोवाइल फोन, लगायतका सामाग्री उपलव्ध छन् । मार्ट झण्डै ५० जनाले रोजगारी पाएका छन् ।

Loading...