आफ्नै खुट्टामा बन्चरो प्रहार गरेपछि…

कञ्चनपुर, ५ बैशाख- पत्नी माइत गएको झोकमा शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बन्चोर प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको गोलिगाठोबाट खुट्टा छिनिएको छ । अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

लुहारले लामो समयदेखि पत्नीलाई कुटपिट गर्दै आएको र असह्य भएपछि पत्नी बेदकोटको धरमपुरस्थित माइत गएकी थिइन । आइतवार ससुराली मै पुगेर लुहारले पत्नीमाथि थप कुटपिट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख इन्सपेक्टर ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

Navadurga sun

‘लुहार दिउँसो श्रीमतीलाई घर फर्काउन ससुराली गएका रहेछन्, नमानेपछि निर्घात कुटपिट गरेको खुलेको छ,’ इन्सपेक्टर सिंहले भने, ‘त्यही झोकमा घरमा आएर छिमेकी बीरा लुहारको हेन्डपम्पमा खुट्टा राखेर आफैँले बन्चोर प्रहार गरेको स्थानीयले बताएका छन् ।’

घाइते लुहारको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...