कञ्चनपुरको कालिका मन्दिर १ करोड ५० लाखको लगानीमा बन्दै

कञ्चनपुर, ४ बैशाख- जिल्लाको बेलौरी बजार नजिकै रहेको कालिका मन्दिर १ करोड ५० लाखको अनुमानित लगानीमा निर्माण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ कालिका मन्दिर निर्माण गर्न लागिएको बताइएको छ ।

Dadeldhura hospital

दशकौँ पहिला गोरखाकालीको नामले निर्माण गरिएको मन्दिर जीणर् बन्दै गएपछि स्थानीय सरकार र जनसमुदायको संयुक्त लगानीमा कालिका मन्दिर निर्माण गर्न लागिएको बेलौरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन ढकालले बताए ।

Navadurga sun
Godawari sandesh

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र आस्थावान् नागरिकहरूको सहजताका लागि बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिरहेको छ भने वडा नम्बर ४ ले कालिका मन्दिरलाई विशेष प्राथमिकता दिएको वडा अध्यक्षको भनाइ रहेको छ ।

बेलौरी नगरपालिका कार्यालय र वडा नम्बर ४ को कार्यालयबाट ३५ लाख रुपैयाँ जति र सोही बराबर स्वदेश तथा विदेशमा रहेका कञ्चनपुरबासीहरूबाट सहयोग प्राप्त भई ७० लाख रुपैयाँ जति रकम खर्च भइसकेको कालिका मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिए । मन्दिर निर्माणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा सहित थुप्रै शीर्ष नेताहरूले पनि मन्दिरको अवलोकन भ्रमण गरिसकेका छन् ।

Loading...