कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ




कञ्चनपुर, ४ बैशाख- कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं. ३ नौलाखेतबाट बिचपुरीका २० वर्षीय आवेश चौधरी, २४ वर्षीय रोहित खत्री, २९ वर्षीय दिपक ऐडी र बेदकोट नगरपालिका वडा नं. ९ का २४ वर्षीय अनिल विष्ट रहेका छन् ।



चौधरीको साथबाट ०.५४ ग्राम खैरो हेरोइन, सुपप्र ०२००३ प ९३०६ नम्बरको पल्सर मोटरसाइकल, खत्री र ऐडीको साथमा रहेको ४.५९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।


त्यस्तै अनिल विष्टको साथबाट ३.७४ ग्राम चरेश बराम गरिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।