सेती नदीमा बेपत्ता भएका युवकको शव चार दिन पछि फेला



डोटी, ७ बैशाख- चार दिन अघि देखि सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलवार फेला परेको छ । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा बगेर वेपत्ता भएका सायल गाउँपालिका वडा नं. ४ डौडका ३२ वर्षीय सुर्य बोगटीको शव फेला परेको हो ।


उनको शव मंगलबार दिपायल सिलगढी नगरपालिका वडा नं. ४ रातामाटी नजीकको नदिमा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । नदीको बीच भागमा भेटिएको शव नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले निकालेको थियो ।



