छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते

अत्तरिया, ७ बैशाख- कञ्चनपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । जिल्लाको शक्लाफाँटा नगरपालिकाको कलुवापुरमा से ४ प ७३८८ नम्बर को मोटरसाइकल र बा २१ च १३०५ नम्बरको कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । घाइते हुनेमा मोटरसाइकलमा सवार बिरबहादुर चौधरी र शान्ती चौधरी रहेका छन् ।

Dadeldhura hospital

घाइते दुवैको धनगढीमा उपचार भईरहेको छ । कार चालक दिपकराज भट्टलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी उता डोटीमा जिप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा से १ ज १००३ नम्बरको यात्रु बहाक जिप दुर्घटनामा परेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

जिप दुर्घटना हुँदा सिमचौरका तुला धामी, राजेश बोहरा, राजु बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने तुला धामीलाई थप उपचारका लागी दिपायल पठाएको छ ।

Loading...