राप्रपाको दोधारा चाँदनीमा वडा भेला सम्पन्न, प्रवेश गर्नेको लर्को

कञ्चनपुर, २९ चैत– दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढ्दो छ । देशको बदलिदो परिवेश संगै दोधारा चाँदनी नगरपालिकामा यो क्रम विकसित भएको देखिन्छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा भेलामा बिभिन्न दल परित्याग गरि मंगलबार ८० जना युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनी नगर कार्य समितिले जनाएको छ ।

Ganyapdhura gau

नव प्रवेशीहरुलाई स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले देशब्यापी रुपमा राप्रपाले उठान गर्दै आएको राज संस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको मुद्दामा युवाहरुको आकर्षण बढ्दो रहेको बताएका छन् । ‘देशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गर्नेको लर्को संगै त्यही अवस्था दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडा तथा टोलमा मा पनि देखिएको छ ।’

Navadurga sun

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले भने । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोधारा चाँदनी नगरपालिका वडा नं. ६ को वडा भेलामा तर्कराज भट्ट, काव्य भट्ट, पदम भट्ट, राजेश चन्द, भगवान सिंह भण्डारी लगाएत ८० जना बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । सो अवसरमा पार्टी प्रवेश गर्नेहरुमा कुनै राजनीतिक दल संग आवद्ध नभई स्वतन्त्र अस्तित्वमा रहेका युवाहरु समेत थिए ।

Dadhaldhura pur

समूहगत रुपमा राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले सो अवसरमा भने, ‘ दलहरुले देशलाई तहसनहस बनाउदै आएको छन्, देशका अर्थतन्त्र धरासायी हुदै गएको छ्, बैंकमा पैसा रित्तो हुदै छ्, सरकार जनआकांक्षा पूर्ति गर्न नसकेपछि देशमा अहिले एक किसिमको अन्योलको बन्दीमा फसेको छ्, यो अन्योल र अस्थिरतालाई चिर्न राजा सहितको प्रजातन्त्र अपरिहार्य देखिएको छ् ।’ देशमा बहुसंख्यक जनताको माँग यही रहेको उनले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुर्व केन्द्रिय सदस्य तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले नयाँ नेपाल, संघीयता र पहिचानको नाममा जनता झुक्याउने दिन अन्त्य भएको बताए । नेपाल र नेपालीको पहिचान कायम राख्न राजसंस्था आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुर्व केन्द्रिय सदस्य तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् ।

स्थानिय निर्वाचनमा दोधारा चाँदनीमा आफ्नो सबै उम्मेदवारलाई बहुमतले बिजय हुने पक्का भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुर जिल्ला उपाध्यक्ष नन्दा देबि खक्रीले कार्यत्रममा बताएका छन् । ‘यस पटक राप्रपाको जनलहर उलर्दो छ् हाम्रो जित पक्का छ्’ जिल्ला उपाध्यक्ष नन्दा देबि खत्रीले भने । उनका अनुसार नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी लगाएत दलहरुले देश लुट्ने काम मात्रै गर्दै आएको हुदा नेपाली जनता उनिहरुको गलत कामलाई देखेर दिक्क मानेको अवस्थामा नेपाली जनताले राप्रपा रोज्न थालेका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सहायक प्रबक्ता पुणर् बहादुर चन्द, केन्द्रीय सदस्य नन्दा देबी जोशी पुर्व केन्द्रीय सदस्य शान्ती माया सुनुवार पुर्व माननिय ईन्द्र बहादुर खत्री, सुदूरपश्चिम प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, जिल्ला सदस्य भगीरथ भट्ट लगाएत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेका थिए ।

राप्रपा वडा नं. ६ का वडा अध्यक्ष नेत्र बहादुर शाहीको सभापतित्वमा संचालन भएको वडा भेलाको स्वागत मन्तब्य जिल्ला कार्य समिति उपाध्यक्ष नन्दा देबी खत्रीले गरेका थिए भने कार्यक्रम संचालन राप्रपा नगर सचिव भुवन ओझाले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...