कञ्चनपुरमा चरेश सहित एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, २८ चैत– कञ्चनपुरमा लागूऔषध (चरेश) सहित एक जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ६ कसरौलबाट दार्चुलाको मार्मा गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षीय अनिस भन्ने मानराम धामी पक्राउ परेका हुन् । उनको साथबाट १ किलो ४२२ ग्राम अवैध लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh
Loading...