लिग चरणकाे खेलहरु सम्पन्न, आजदेखि क्वाटर फाईनलका खेलहरु हुने

अत्तरिया– सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगिता अत्तरियामा शुरु भएको छ । हिजोबाट सुरु भएका खेलमा pay well Nepal र सुप प्रदेश प्रहरी बिच भएकाे खेलमा २५/१९ र २५/१६ ले pay well Nepal ले जितेको थियाे ।

भने दाेस्राे खेलमा प्रमुख प्रशासकीय साफे र धनगढी गाउँ बिचकाे खेलमा प्रमुख प्रशासकीय साफेले २५/२० र २५/२० मा जितेको थियोे। त्यस्तै तेस्राे खेलमा कञ्चन खाध उधाेग र बैधनाथ बहिनीबिच खेलमा पहिलो सेटमा कञ्चन खाध उधाेगले २५/१९ हात पायोे ।त्यसपछि सेट बैधनाथ बहिनीले २७/२५ मा हात पारेको थियोे भने अन्तिम तेस्रो सेट कञ्चन खाध उधाेगले २५/२३ ले जितेर सिट सुनिश्चित गरेको थियाे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कञ्चन खाध उधाेग र बनदेवी युवा क्लब बिचकाे खेलमा १/१ सेट दुबै टिमले हात पारेको थियोे भने अन्तिम तेस्रो सेट कञ्चन खाध उधाेगले हात पारेर आफ्नै अग्रता कायमै राखेको छ । लिग चरणकाे खेलहरु सम्पन्न भएका छन् । आजदेखि क्वाटर फाईनलका खेल सुरु हुने खेल संयोजक बिक्रम बिष्टले बताए ।

प्रतियोगितामा प्रदेशभरिका १० वटा टिमको सहभागीता रहेकाे खेल संयोजक बिष्टले बताए । सिवाइसीको आयोजनामा प्रतियोगिता भईरहेको छ । लिग चरणका खेलहरु बेस्टब थ्रीमा खेलाइने समेत उनले बताए ।

विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेता बनेको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

Loading...