जिल्ला स्तरीय मेकअप प्रतियोगिताको सम्पन्न, ३ जना पुरस्कृत

धनगढी, २७ चैत- व्युटिसियन पेशा सँग सम्बन्धित महिला दिदी बहिनीहरुलाई मेकअप तालिम दिई मर्यादित प्रतिस्पर्धी र दिगो व्यवसाय संचालनमा सहयोग पुर्‍याउने उद्देश्यले बिबिसी टेनिङ सेन्टर धनगढीले आयोजना गरेको कैलाली जिल्ला स्तरीय मेकअप प्रतियोगिताको समापन गरेको छ । चैत १३ गते देखि सुरु भएको कैलाली जिल्ला स्तरीय मेकअप प्रतियोगिता चैत २७ गते आइतबार एक कार्यक्रमका बिच समापत तथा पुरस्कार वितरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त समापन कार्यक्रम बिबिसी टेनिङ सेन्टरका प्रवन्धक झुम प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुवर रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी सिटीइभिटी सुदूरपश्चिमका उप निर्देशक देव सिंह धामी, तालिम तथा रोगजार व्यवसायि महाशाखाका प्रदेश अध्यक्ष प्रमोद पाठक रहेका थिए । त्यसैगरी प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशका सदस्य शेर बहादुर बिष्ट, नेपाल सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमला गुरुङ, सुदूरपश्चिम व्युटिसियन एसोसियसन अध्यक्ष मिना बोहरा, व्यटिसिसियन युनियनका उपाध्यक्ष कमला गुरुङ, सचिव सपना रोकाया लगायतको उस्थिति रहेको थियो ।

जिल्ला भरीका व्युटिसियन महिलाहरुको सहभागिता होस भन्ने उद्देश्यले कैलाली जिल्लाको टिकापुर, लम्की, बौनिया, सुख्खड, जोशीपुर, भजनी, चौमाला, मसुरिया, अत्तरिया, धनगढी र हसुलियामा अडिसन मार्फत ५० जनालाई छनौट गरेको थियो । त्यसमध्येबाट १७ जनालाई छनौट गरी १० दिने उच्च स्तरको मेकअप तालिमबाट ५ जना छनौटमा पर्न सफल भएका थिए । उक्त १० दिने मेकअप तालिमको प्रशिक्षण कार्य उपाशना जोशीले गरेकी थिइन ।

Dadeldhura hospital

अन्तमा ५ जना सहभागिहरु कबिता बिक, सामाज्य चौधरी, बिन्द्रा चौधरी, स्यानु चौधरी र रिना चौधरीमा प्रतिस्पर्धा गराइएको थियो । उनिहरु मध्येबाट प्रथम, द्धितीय र तृतीय छनौट गर्नको लागि निर्णायक मण्डल गठन गरिएको थियो जसमा मिना बोहरा, कमला गुरुङ र शेर बहादुर बिष्ट रहेका थिए ।

सहभागि ५ जनाहरुलाई ८० प्रतिशत कक्षा वर्कबाट नम्वरीङ गरिएको छ भने २० प्रतिशत कार्यक्रममै निर्णायक मण्डहरु तीनै जनाले मौखिक प्रश्नहरुको आधारमा गरिएको थियो । उनिहरु ५ जनालाई गरिएको प्रश्नहरुको योगफल गरी प्रथम, द्धितीय र तृतीय घोषणा गरिएको थियो ।

त्यसैगरी प्रथम श्यानु चौधरी भए उनले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै दोस्रो बिन्द्रा चौधरी भए उनले १५ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेकी छिन् । तृतीय हुनेमा मिना चौधरी रहेकी छिन उनले १० हजार रुपैयाँ र प्रमणपत्र प्राप्त गरेकी थिइन । त्यस्तै कविता बिक र सामाज्य चौधरीले प्रमाण पत्र प्राप्त गरेका थिए । कार्यक्रममा अन्य सहभागित प्रशिक्षार्थीहरुलाई समेत प्रमाण पत्र बितरण गरेको थियो ।

बिगत १० बर्ष देखि व्युटिसियन, टेलरीङ, मन्टेश्वरीयन लगायतका तालिम संचालन गरी महिला रोजगारी तथा स्वरोजगारी सृजनाको क्षेत्रमा काम गरीरहेको व्यवसाय बिकाश तथा परामर्श केन्द्र प्रा.लि. (बिबिसी) ले गर्दै आइरेको छ ।

स्वागत मन्तव्य बिबिसी टेनिङ सेन्टरका प्रशिक्षक यमुना रावलले गरेको कार्यक्रमको संचालन उषा किरण ज्योतीले गरेकी थिइन् ।

Loading...