धनगढी हाफ म्याराथनको उपाधि गोपिचन्द्रलाई

धनगढी, २६ चैत– कैलालीको धनगढीमा शनिवार सम्पन्न हाफ म्याराथन प्रतियोगिताको उपाधि गोपिचन्द्र पार्कीले जितेका छन। ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको २१.५ किलोमिटरको खुल्ला दौड प्रतियोगितामा गोपिचन्द्र पार्की प्रथम भएका हुन ।

त्यस्तै प्रतियोगितामा मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन् । यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथम, विजय गुप्ता द्धितिय, बिरेन्द्र प्रसाद भट्टराई तृतीय भएका छन ।

Navadurga sun

यस्तै महिलातर्फ फुललमती राना प्रथम, सीता चौधरी द्धितिय, सलिना राना भाट तृतीय भएकी छन । यस्तै विद्यार्थीतर्फ डम्मर राज पुरी प्रथम, अतुल डोरिया द्धितिय, चन्द्र बोहरा तृतीय भएका छन ।

खुल्ला दौड प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ तृतीय हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ ।

कर्पोरेट मिडिया दौड, महिला र विद्यार्थीको सवालमा भने ५ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । जसमा प्रथम हुनेलाई ५ हजार ५ सय ५५, द्धितिय हुनेलाई ३ हजार ३ सय ३३ तृतीय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन’ आयोजना गरिएको थियो । धनगढी हाप म्याराथनलाई सुदूरपश्चिम खेलकुद परिषद्ले मुख्य प्रायोजन गरेको थियो । जसमा खुल्ला दौड, कर्पोरेट मिडिया दौड, महिला, विद्यार्थी र ट्राई सार्ईकल गरी ५ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...