जनता समाजवादी पार्टी सुदूरपश्चिममा सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी

धनगढी, २६ चैत– सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएकोप्रती जनता समाजवादी पार्टीले असन्तु्ष्टि जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा वाइपास गरिएको भन्दै जसपाले आपत्ती जनाएको हो।

गठबन्धनमा आवद्ध अन्य दलले अपमान गर्ने र केन्द्रीय सहमती अनुसार अगाडी नबढेको खण्डमा गठबन्धन बाहिरिने चेतावनी समेत दिएको छ । जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले गठबन्धनमा आवद्ध पाँच दलको बैठकमा आफूहरुले स्पष्टसँग कुरा राखिएको भएपनि वाइपास गरिएकाले यथास्थितीमा गठबन्धन रहन नसक्ने बताए ।

Navadurga sun

‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमती अनुसार अगाडी बढेको खण्डमा मात्र सहमती हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’ जसपाले स्थानीय तहको निर्वाचन समेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...