दार्चुलामा लागु औषधसहित युवक पक्राउ

Dadeldhura hospital

दार्चुला, २६ चैत- दार्चुलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रवार नेपाल-भारत जोड्ने खलंगा पुलघाटमा चेकजाँच गर्ने क्रममा औषधसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नं. ४ तल्लासैन बस्ने अन्दाजी ४० वर्षीय चन्द्र लोहार रहेको सुरक्षा स्रोतले बताइएको छ । उनको साथबाट २ बोतल कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...