कैलालीको स्याउलेमा साथी मार्ट संचालनमा

अत्तरिया, २६ चैत- कैलालीमा साथी मार्ट संचालनमा आएको छ । आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नं.८ स्याउलेमा साथी मार्टको उदघाटन अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा वडा अध्यक्ष नरेश अधिकारी, स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा लगायतका स्थानिय ब्यबसायीहरुको सहभागिता रहेको थियो ।

गोदावरी नगरपालीका ८ का युवा बिक्की ओझा र धनगढी उपमहानगरपालीकाका सोबि रानाले एक करोडको संयुक्त लगानीमा उक्त मार्ट सञ्चालनमा ल्याएका हुन् ।

मार्टमा स्थानिय उपभोक्ताका चाहाना बमोजिमका सबै सामान एकै छाना मुनि राखिएका छन । साथी मार्टका सिइओ सरोज पोखरेलले यसै आर्थीक वर्षमा देशभर साथी मार्टको ३०० शाखा सञ्चालनमा ल्याउने तयारी भएको समेत बताए ।

Loading...